त्रिभुवन विमानस्थलको महाप्रबन्धक फेरिए : क्षेत्री गए, केसी आए



काटमाडौ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणको मुख्यालयमा कार्यरत देवेन्द्र केसी नियुक्त भएका छन् ।

पोखरा विमानस्थल लगायत विभिन्न विमानस्थल कार्यालयमा प्रमुखको भूमिका सफलतापूर्वक निर्वाह गरेका केसी प्राधिकरणभित्र ईमान्दार र कार्यक्षमता भएका अधिकारीभित्र पर्दछन् ।


केसीको नियुक्तिले अन्तराष्ट्रिय विमानस्थालमा भईरहेका वेथितिलाई हटाउँदै सुधार हुने अपेक्षा सरोकारवालाहरुले गरेका छन् । केसीले महाप्रबन्धक बनेपछि चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका बेला सफलतापूर्वक महत्वपूर्ण जिम्मेवारी पूरा गरेका छन् ।

यसअघि महाप्रबन्धक रहेका राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उडड्यन प्राधिकरणको सचिवालयमा तानिएको छ ।
क्षेत्रीलाई विमानस्थलको सुधारमा कार्यक्षमता देखाउन नसकेको तथा चिनियाँ राष्ट्रपति सीको भ्रमणको सूचना चुहाएको भन्दै प्राधिकरण मुख्यालय तानिएको हो ।
क्षेत्रीको कामसँग संस्कृति,पयटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सन्तुष्ट थिएनन् ।

प्रतिक्रिया दिनुहोस्