तराईमा शीतलहर सुरु, यस्ता छन् बच्ने उपाय



काठमाडौं: तराईका जिल्लाहरुमा शीतलहर सुरु भएको छ । अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । हुस्सु र चिसो हावाका कारण अधिकांश मानिस घर बाहिर निस्कन सकेका छैनन् । बजार क्षेत्र सुनसान बनेको छ भने चिसो छल्न चोकचोकमा आगो बालिएको छ ।

 

चिसो बढेसँगै त्यसको मारमा विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगी परेका छन् । एक्कासी चिसो बढेका कारण श्वासप्रश्वासको समस्या भएका विरामीको संख्या बढेको अस्पतालहरुले जनाएका छन् ।

 

शरीरको सामान्य तापक्रम ३० डिग्री सेन्टिग्रेट हुन्छ । तर बाहिरी चिसोका कारण शरीरको तापक्रम घट्दै गई मृत्यु हुने गरेको चिकित्सकहरू बताउँछन् । शिशु, बालबालिका र वृद्धवृद्धामा रोग प्रतिरोधात्मक शक्ति न्यून हुने कारण बढी प्रभावित हुने गरेका छन् ।

 

चिकित्सकहरुले चिसोबाट बच्न न्यानो कपडा लगाउन र तातो झोलिलो पदार्थ खान सुझाव दिएका छन् । चिसोका कारण बालबालिका र वृद्धवृद्धालाई रुघाखोकी, पखला, निमोनिया, ब्रोङकाइटिस, दम, मुटुरोग र भाइरल ज्वरोले सताउने गरेको छ ।

 

बच्ने उपाय

– शीतलहरका बेला घरबाहिर हिँडडुल नगर्ने

– बासी सडेगलेका खानेकुरा नखाने

– कोठाका झ्यालढोका खुला नराखी न्यानो बनाउने

 

– बाक्लो तथा न्याना लुगा लगाउने

– शिशुलाई आमाको दूध प्रशस्त खुवाउने

– पोषिलो खानेकुरा खाने

 

– ताजा फलफूल र सागपात खाने

– दूध, मह, सुप सेवन प्रशस्त गर्ने

– मनतातो पानी पिउने

 

– हट वाटर ब्यागको प्रयोग गर्ने

– धुलोधुवाँ र चिसोबाट बच्ने

प्रतिक्रिया दिनुहोस्