मान्छे खाने चितुवा मार्न कडा निर्देशन


तनहुँ : तनहूँमा नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ । घरेलु चौपाया मात्र नभई मानिसलाई समते आक्राण गर्न थालेपछि स्थानीयहरु त्रसित हुन थालेका छन् । यसरी मानिस तथा घरेलु पशुचौपायलाई पटक पटक आक्रमण गर्ने नरभक्षी चितुवालाई जिल्ला प्रशासन कार्यालय तनहूँले मार्न निर्देशन दिइएको छ ।

भानु नगरपालिका १, २, ३ र ४ नम्बर वडाका बालबालिकाको ज्यान लिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मार्न निर्देशन दिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ९९४० बमोजिम नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालयमा बुझाउन प्रहरीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन् ।

नरभक्षी चितुवाले २०७४ फागुन १ गते भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कार्तिक २९ गते जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १९ गते ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भकुण्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाको ज्यान लिएको जिल्ला प्रशासन कार्यालय तनहूँले जनाएको छ ।

उनका अनुसार नगरपालिका क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढेपछि नियन्त्रण गर्नका लागि अग्रसरता देखाएको हो । चितुवाले आक्रमण गर्ने स्थानको पहिचान गरी खोर निर्माण गर्ने, आक्रमण गर्ने ठाउँहरुमा शिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जन समुदाय, डिभिजन वन कार्यालयको संयुक्त रुपमा गौडा कुर्ने व्यवस्था समेत मिलाएको छ ।

भानु नगरपालिकाको झाडी क्षेत्रहरूमा सरसफाई, सडक वरपर झार काट्ने काम गरिएको नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए भने आइतबार बसेको बैठकले नगर क्षेत्रको हरेक वडाका झाडी क्षेत्रको सरसफाई, बालबालिकालाई अभिभावकले हेरचाह गर्न समेत अनुरोध गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका