भूकम्पपछि बन्द ५५ झ्याले दरबार सर्वसाधारणका लागि खुला



भक्तपुर: ऐतिहासिक ५५ झ्याले दरबार सर्वसाधारणका लागि खुला गरिएको छ । भक्तपुर नगरपालिकाले भूकम्पपछि बन्द भएको दरबार सर्वसाधारणलाई अवलोकन गर्न मंगलबारबाट खुला गरेको हो ।

 

उक्त दरबार साताको प्रत्येक मङ्गलबार र शुक्रबार सर्वसाधारणका लागि खुला गरिने छ। दरबारभित्र प्रवेश गर्न सर्वसाधारणलाई प्रतिव्यक्ति २० र विद्यार्थी सहुलियत शुल्कअन्तर्गत १० रुपैयाँ को टिकट लिनुपर्ने हुन्छ ।

 

नगरपालिका र पुरातत्व विभागको विवादका कारण विगत २५ वर्ष बन्द भई सन् २०१२ सेप्टेम्बर ५ मा खुल्ला भएको यो दरबार भूकम्पपछि पुनः बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्