भगवानलाई रोक्न केसीको अनशन !



काठमाडौ : पटक–पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले फेरी अनसन बस्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य क्षेत्र सुधारलगायतका विषयलाई माग राखी पटक पटक अनशन बस्दै आएका डा. केसीले आगामी १३ कात्तिकबाट पुनः अनसन बस्ने चेतावनी दिएका दिएका हुन् । उनले आज शिक्षण अस्पताल महारागन्जमा पत्रकार सम्मेलन गरी आफ्ना माग पूरा गर्न ८ कात्तिकसम्मको अल्टिमेटम दिदै समयावधिभित्र माग पूरा नभए १३ कात्तिकबाट अनसन बस्ने बताएका हुन ।

त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा सरकारले नियुक्त गर्ने तयारी गरिरहेका बेला केसीले अनशन बस्ने चेतावनी दिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

कतिपयको बुझाईमा सिफारिस समितिका संयोजक रहेका शिक्षामन्त्री गिररिामणी पोखरेलले त्रिभुवन विश्वविद्यायका कूलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपकुलपतिमा नियुक्त गर्न सिफारिस गरेको तीनजनाको नाम प्रति नै केसीको चित्त बुझेको छैन ।

सिफारिसमा परेका डा. भगवान कोईराला,डा. धर्मकान्त बाँस्कोटा र डा. चन्द्रमणी पौडेल यी तिनैजना कुनै न कुनै हिसाबले केसी पीडित व्यक्ति हुन ।

यी तिनैजना केसीप्रति सकारात्मक देखिदैनन् । त्यसैले केसीले त्रिभुवन विश्विद्यालयको उपकूलपति नियुक्त हुने बेलामा अर्को बखेडा झिकेको चर्चा व्यापक छ । प्रधानमन्त्री ओलीले सिंगापुर उपचारमा जानुअगाडी डा. कोईरालाई बोलाएर उपकूलपति बन्न आग्रह गरेका थिए । कोईरालाले विश्वविद्यालय संचालनका निम्ति अन्य पदाधिकारीहरु आफूसँग ट्युनिङ मिल्ने भए मात्र जाने बताएका छन् ।

पछिल्ला दिनमा सिफारिस भएका व्यक्तिहरुमध्ये कोईरालाई नै सबैले रुचाएको बताईन्छ । कोईराला शिक्षण अस्पतलाको कार्यकारी निर्देशक हुँदा केसीकै कारणले आफूले बिचैमा राजिनामा दिन परेको बताउदै आएका छन् ।

त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकास पाइसकेका उनले चिकित्सा क्षेत्रमा सुधार, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य, विभिन्न आयोगले दोषी ठहर्याएकालाई कारवाहीलगायतका माग राखेका छन् ।

यसअघि उनले अनशन गर्दै आएको शिक्षण अस्पतालबाट अवकाश पाईसकेका कारण अब कहाँ अनशन बस्छन् भन्नेबारे उनले स्पष्ट पारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्