किन फुटाए सांसदले बुद्ध एयरको काउन्टर ?



जनकपुरधाम : जहाज डिले भएको भन्दै राजपाका सांसद प्रमोद कुमार साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह विमान ढिलो भएको भन्दै तोडफोड गरेका हुन ।

११ : ४० मा उडान भर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको तथा व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै झोंकमा काउण्टरमा धक्का–धक्की दिएको जनाएका छन् । सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही बेर तनावग्रस्त बनेको प्रहरीले जनाएकोृ छ । पछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमान चढेर काठमाडौं गएका थिए ।

प्रतिक्रिया दिनुहोस्