महरा–शाही यौन प्रकरण : रोशनी गायब हुँदा प्रहरीलाई तनाव



काठमाडौ : भिभिआईपी यौनकाण्डमा जोडिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही अहिले प्रहरीको सम्पर्कमा छैनन् । यो यौनकाण्डका मुख्य आरोपी निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिएर घटनाको छानविन गरिरहेको प्रहरीलाई रोशनी शाहीका पछिल्ला गतिविधिले तनावमाथि तनाव थपेको छ ।

पटक–पटक आफ्ना भनाई र सार्वजनिक वयान फेर्दै आएकी शाहीले पछिल्लो पटक गत २४ गते हस्तलिखित विज्ञप्ती सार्वजनिक गरेकी थिईन । जुन विज्ञप्तीमा प्रहरीले आफूमाथि तनाव र दबाब दिदै ब्याकमेलिङ समेत गरे्को उल्लेख गरेकी छन् । प्रहरीको यो शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रहरीमाथि नै प्रश्न उठाएकी शाही अहिले प्रहरीको सम्पर्क बाहिर छन् ।

उनी सम्पर्कमा नभएपछि महरा प्रकरणको छानविन गरिरहेको प्रहरी असहजतामा परको छ । त्यसो त महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने ती महिलाले अनुसन्धानमा ‘सहयोग’ नगरेको गुनासो पनि प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी पीडित महिलाले आफ्नो स्वास्थ्य परीक्षण समेत गर्न मानेकी छैनन् ।

अनुसन्धान टोलीले महाराबाट ‘यौन शोषणमा परेकी’ महिलाको बयान लिनेसँग उनको स्वास्थ्य परीक्षणका लागि समेत प्रयास गरेको थियो । तर, पीडित महिलाले बयान फेरिरहेकोले छानविनमा अवरोध सिर्जना भएका एक प्रहरी अधिकारीले बताएका छन् ।

प्रहरीले अहिले घटनाको प्राविधिक पक्षलाई जोड दिएर अनुसन्धान मात्रै अगाडि बढाइरहेको बताएकोे छ । जबरजस्ती करणी उद्योगमा पीडितको बयानको महत्वपूर्ण भूमिका रहन्छ ।

प्रतिक्रिया दिनुहोस्