अर्घाखाँची सिडिओले जन्मदिनमा बाँडे विरामीलाई फलफूल



अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बनेर आएपछि समाजसेवा सँगै प्रशासन र सेवाप्रवाहमा सुधार गर्ने जमर्को गर्दै अगाडी बढेका विजयराज पौडेलले आज आफ्नो जन्मदिनको अवसर पारेर अर्घाखाँची अस्पतालमा रहेका विरामीहरूलाई फलफुल र जुस वितरण गरेका छन् ।

यो जिल्लाको विकासलाई समेत चासोका साथ लिदै प्रशासनिक सेवा सुविधालाई सरल र सहज बनाउन शुरु गरेका प्रमुख जिल्ला अधिकारी पौडेल सबैको नजरमा परेका छन् ।

आफ्नो जन्मदिनको अवसरमा अर्घाखाँची जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेर आफ्नो समाजसेवी भावना झल्काएको स्थानीय संचारकर्मी अर्जुन भुषालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्