डाक्टर ड्यूटीमा नआउदा अस्पतालमा तोडफोड



राजवीराज : सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा डाक्टर ड्यूटीमा नआएको भन्दै विरामीका आफन्तले तोडफोड गरेका छन्। तोडफोड र प्रदर्शनका आज सोमबार अस्पताल तनावग्रस्त बनेको सप्तरी प्रहरीले बताएको छ ।

सप्तरी प्रहरीका अनुसार डा.ज्ञानेन्द्र झा र डा.प्रनेश यादव दिउसो २ बजेसम्म पनि अस्पताल नआएपछि आक्रोसित विरामीका आफन्त तथा विद्यार्थीहरुले नाराबाजी गर्दै तोडफोड गरेका हुन् भने तोडफोडका कारण डा.झा र डा.दवको विरामी जाँच्ने कोठामा क्षति पुगेको छ। प्रहरीले तोडफोडमा संलग्न भएको आरोपमा राजविरा–१ निवासी गुन्जन झालाई पक्राउ गरेको जनाएको छ।

यस विषयमा अस्पताल प्रशासनले भने डा.झा बिदामा रहेको र डा.यादव सो समयमा आपतकालिन कक्षमा एक विरामीको उपचार गरिरहेको कारण उपस्थित हुन नसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्