प्रधानमन्त्रीको नजरमा यी मन्त्री परे रेड जोनमा



काठमाडौ : पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अर्का पार्टी अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डसँग लामो छलफल गरेपछि मन्त्रीमंडल पुर्नगठनको तयारीलाई अगाडी बढाएका छन् । अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुले आफ्नो स्प्रिटमा काम गर्न नसकेको, जनअपेक्षाअनुसार परिणाम दिन नसकेको,कार्यसम्पदन सम्झौताअनुसार कार्य सम्पादन गर्न नसकेको भन्दै मन्त्रीमण्डल पुर्नगठनको आवश्यकताबारे बताएको श्रोतले बताएको छ ।

प्रधानमनीत्र ओलीको कुरा सुनेपछि अध्यक्ष्इा प्रचण्ड पनि सरकारको थतिलाई अगाडी बढाउन मन्त्रीमण्डल पुर्नगठनको विकल्प नभएको कुरामा सहमत भएको बालुवाटार श्रोतले बताएको छ । श्रोतका अनुसार प्रचण्डले सैद्धान्तिक हिसावले आफूले सहमति जनाएको र व्यक्तिका विषयमा फेरी छलफल गर्ने कुरा प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।

दुर्बै अध्यक्षले यो एजेण्डालाई सचिवालय वैठकमा राख्ने र सैद्धान्तिक हिसावले यसको निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई सुम्पने गरी निर्णय गर्ने कुरामा सहमत भएका छन् । वर्तमान सरकारले जनअपेक्षाअनुरुप परिणाम दिन नसकेको भन्दै आलोचना भईरहँदा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेर नयाँ ढंगले अघि बढ्ने कुरा बताएका छन् ।

प्रधानम्नत्री ओलीले यसअघि नै मन्त्रीमण्डल पुर्नगठनाको तयारी गरेपछि दशैं र चिनियाँ राष्ट्रपतिको भ्रमणले गर्दा यो विषयलाई थाती राखेको बताईन्छ । श्रोतका अनुसार असंलग्न राष्ट्रहरको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आगामी कात्तिक ७ गते अजरबैजानमा जाने कार्यक्रम तय भएको छ । त्यसअघि नै मन्त्रीमण्डल पुर्नगठन गर्ने सोच प्रधानमन्त्री ओलीको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरु लालवावु पण्डित, बीना थामा मगर, मातृका यादव,रघुबीर महासेठ, थममाया थापा, चक्रपाणी खनाल,शक्तिबहादुर बस्नेत र युवराज खतिवडाका विषयमा व्यवपक प्रश्न उठेको र आफू पनि यी मन्त्रीका कामबाट सन्तुष्ट नरहेको बताउदै यी मन्त्रीहरुको नामावली हटाउने सूचीमा राखेको प्रचण्डलाई बताएका थिए । प्रचण्डले नामका विषयमा फेरी छलफल गरौला तर मन्त्रीमण्ढडल पुर्नगठन गर्ने विष्यमा मेरो समर्थन छ भनेर वैठक टुङ्ग्यिाएको श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्