पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि आज



काठमाडौं: मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्यष्टि गरिने भएको छ । ३ बजे पशुपति आर्यघाट स्थित विद्युतीय शव दाह गृहमा अन्तिम संस्कार गरिने उनकी श्रीमती सराह गिरीले जानकारी दिइन् ।

 

गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेका थिए । 'उहाँले जिवित छँदा विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गर्ने इच्छा राख्नु भएको थियो,’उनले भनिन् ।

 

गिरीको ९३ वर्षको उमेरमा मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा निधन भएको थियो । पूर्वप्रधानमन्त्री भए पनि उनलाई सलामी भने दिइने छैन । निधनअघि उनले सलामी नदिन र सर्वसाधारणको जस्तै गरी अन्त्येष्टि गर्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्