स्कुलबाटै हराएका बालकको शव सेफ्टीट्यांकीमा भेटियो



सुर्खेतः  दैलेखको एक विद्यालयबाट हराएका बालक मृत अवस्थामा फेला परेका छन् । हिजो बिहान विद्यालय गएका बालक रातिसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान विद्यालयकै सेफ्टीट्यांकीमा मृत अवस्थामा भेटिएको हो । 

 

दैलेख सदरमुकामस्थित सनराइज वोर्डिङ स्कुलको युकेजीमा पढ्दै गरेका ६ वर्षीय हिक्मत शाहीको शव विहान सेफ्टीट्याङ्कीमा फेला परेको हो । जिल्लाका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलका अनुसार बालकका अभिभावकले खवर गरेपछि उनको खोजी गरिएको थियो । ठाटीकांध ३ का शाहीका अभिभाबकले सदरमुकाममा खुद्रा पसल संचालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्