नेपाल टेलिकमको ५५ रुपैयाँ लाभांश



काठमाडौं : नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई प्रति सेयर ५५ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

टेलिकम सञ्चालक समितिको पुस २ गते बसेको बैठकले लाभांश वितरणका लागि सरकारसमक्ष पत्र पठाएको छ । सरकारबाट अनुमति पाएर कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लाभांश वितरण प्रस्ताव गरेको हो । २०७४/७५ मा कम्पनीको प्रतिसेयर आम्दानी एक सय चार रुपैयाँ ४५ पैसा छ ।  

गत वर्ष पनि टेलिकमले ५५ रुपैयाँ नै लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७४/७५ मा कम्पनीको प्रतिसेयर आम्दानी एक सय चार रुपैयाँ ४५ पैसा छ ।

 

प्रतिक्रिया दिनुहोस्