ठाकुर र भट्टराई बीच गोप्य वार्ता, एकताका लागि आयो यस्तो नयाँ प्रस्ताव



काठमाडौं : राष्टिय जनता पार्टी नेपाल (राजपा नेपाल) र समाजवादी पार्टीका बीचमा एकीकरणका लागि गोप्य वार्ता भएको छ । राजपा नेपालका संयोजक महन्थ ठाकुर र समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा गोप्य वार्ता भएको हो ।

ठाकुरको हातिवन स्थित निवासमा असोज १४ गते बसेको बैठकमा डा. भट्टराईले राखेको एकताको प्रस्ताव ठाकुरले अस्वीकार गरेका छन् । बैठकमा समाजवादी पार्टीको तर्फबाट एकताका लागि भट्टराईले एकिकरण पश्चात चार अध्यक्ष हुने मोडल प्रस्तुत गरेका थिए ।

राजपा स्रोतका अनुसार एकीकरण पश्चात गठन हुने पार्टीको केन्द्रीय निर्देशन समितिको मनार्थ अध्यक्ष ठाकुर र केन्द्रीय निर्देशन समितिको अध्यक्ष डा. भट्टराई आफै हुने प्रस्ताव गरे ।

यस्तै केन्द्रीय कमिटीको अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय सचिवालयको अध्यक्ष राजेन्द्र महतो र संगठन बिभाग प्रमुखमा अशोक राई हुने प्रस्ताव भट्टराईले गरेका थिए । अरु नेताको जिम्मेवारी सम्मानजनक ढंगले गरिने उनको प्रस्ताव रहेको थियो ।

डा. भट्टराईले प्रस्ताव गरेपछि लगतै ठाकुरले अस्वीकार गरे । यस अघि पनि राजपालाई समाजवादीले बिभिन्न प्रस्ताव गर्दै छलफल गरेको छ । तर अहिले सम्म ति प्रस्ताव राजपा भित्रकै नेताले स्वीकार गरेका छैनन् ।
‘हामी एकता बिरोधी होईनौं, एकता हुनुपर्छ र गरौं, यस बिषयमा हामी पार्टी भित्र सल्लाह गर्छौं’ ठाकुरको भनाई उद्धृत गर्दै राजपा स्रोतले भन्यो, ‘राजपा नेता भएको पार्टी हो, तर समाजवादीमा त्यस्तो छैन, सबैको व्यवस्थापन सम्मानजनक हामीले गर्नुपर्छ ।’

राजपा नेपालले पार्टी एकता अघि नै सरकार छोडनुपर्ने अडान राख्दै आएको छ । जुन बिषय समाजवादीले स्वीकार अहिले सम्म स्वीकार गरेको छैन् । यस्तै दुई पार्टीका बीचमा रहेको सैद्धान्तिक बिमतीमा समेत सहमती जुटन सकेको छैन् ।

राजपा नेपालले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने भन्दै आएको छ भने समाजवादीले कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्नेमा अडिग छ । यसका साथै अन्य बिषय समेत मिलाउँन बाँकी नै रहेको छ ।

उता ठाकुर र भट्टराईको गोप्य वार्ता चल्दै गर्दा सोही दिन यादव र महतो बालकुमारी स्थित पार्टी कार्यालयमा वार्ता गरी बसेका थिए । ठाकुर र भट्टराईको वार्ताको निष्कर्ष सुन्न पर्खेका यादव र महतोले पार्टी एकीकरणको प्रस्तावमा सहमती जुटन नसकेको खबर सुनेर आफ्नो वार्ता अन्त गरी घर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्