युवतीको विषयलाई लिएर खुकुरी प्रहार गर्ने पाँच पक्राउ


राँझा : बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त घाइते भएका थिए ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा लुकिछिपी बसेका खुकुरी प्रहार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।पक्राउ पर्नेहरुमा मकैबारी निवासी विष्णु रोकाय, सुरेश राना क्षेत्री, पुष्कर राना क्षेत्री, डिलबहादुर राना क्षेत्री र वीरु भन्ने यामबहादुर राना रहेको उनले बताए । प्रनाउ शाहीका अनुसार घाइते शाहीको भारतको लखनऊमा उपचार भइरहेको र हाल फरार रहेका उक्त घटनामा संग्लन तेजु रोकाय, विश्व रोकाय र दुर्बु रोकायको खोजी तीव्र पारिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं: यौनशोषणको आरोपमा युट्युवर अर्जुन शिवाकोटी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी

काठमाडौं : सोमबार काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं : कोभिड–१९ र लकडाउन पछि नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पेशागत सुरक्षा अत्यन्तै

काठमाडौं : नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

कपिलवस्तु : प्रदेश ५ को कपिलवस्तुमा सलह किराको नयाँ झुन्ड देखिएको छ । सोमबार दिउँसो

काठमाडौं : ललितपुरको खोकनामा स्थानीवासी र प्रहरीबीच सामान्य झडप भएको छ । सोमबार बिहान खेतमा

वीरगञ्ज : पर्साको पशु सेवा केन्द्र विगत एक वर्षदेखि बन्द हुँदा गोठको रुपमा परिणत भएको

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक युवक मृत फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको

काठमाडौं : आज दही च्यूरा खाएर राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार

काठमाडौं– सरकारले सशस्त्र प्रहरीका ८९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थप गर्ने भएको छ ।

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । असारमा १६ बैठक बोलाइएको हो ।

काठमाडौं– कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा