नोबेल अर्थशास्त्रीको नेपाल ‘कनेक्सन’


काठमाडौं : सन् २०१९ का लागि अर्थशास्त्रका नोबल पुरस्कार विजेताहरु नेपालसँग सम्बद्ध रहेका छन्। सोमबार तीनजना अमेरिकी अर्थशास्त्रीलाई यस वर्षको नोबल पुरस्कार दिने घोषणा भएको हो। विजेतामा अभिजित बेनर्जी, उनकी श्रीमती इस्थर डफ्लो र माइकल क्रेमर छन्।

उनीहरुलाई गरिबी निवारण र एसिया तथा अफ्रिकाका लाखौं बालबालिकालाई शिक्षा हासिल गर्न सहयोग पु-याएबापत पुरस्कार दिइएको हो। डफ्लो अर्थशास्त्रमा नोबल पुरस्कार पाउने दोस्री महिला हुन्।

उनीहरुद्धारा प्रवर्द्धित -यान्डमाइज्ड कन्ट्रोल ट्रायल अर्थात् आरसिटी नामक अनुसन्धान विधि सबैभन्दा वैज्ञानिक मानिएको छ। ‘यो विधिको प्रयोग चिकित्सक, शिक्षा र विकास परियोजनाको सफलता मापनमा निकै उपयोगी छ’, राष्ट्रिष्य योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले भन्छन्, ‘यो विधि विगत २ दशकमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशहरुमा प्रयोग गरिएको छ।’

आरसिटी विधिमा अनुसन्धान गरिने विषयलाई कन्ट्रोल समूह र ट्रेटमेन्ट समूहमा विभाजन गरिन्छ। ट्रेटमेन्ट समूहलाई बाह्य सहयोग पु-याइएको हुन्छ भने कन्ट्रोल समूहलाई केही सहयोग गरिन्न। यी दुई समूहलाई केही समयपछि सहयोगको असर कति प-यो भनेर अध्ययन गरिन्छ। यसले बाह्य सहयोगको प्रभावकारिता पत्ता लगाउन सजिलो हुन्छ। यो खबर आजको नागरिक दैनिकले लेखेको छ ।

आफ्नो अनुरोधमा बेनर्जी जोडी ५ वर्षअघि नेपाल आएको स्मरण गर्दै डा. स्वर्णिम वाग्लेले भने, ‘उनीहरुले आरसिटी विधि र गरिब अर्थशास्त्र विषयमा नेपाल सरकारका मुख्यसचिव र सबै सचिवलाई जानकारी गराएका थिए। यसबाहेक उनीहरु इसिमोडले गरेका केही अध्ययनमा समेत सहभागी छन्।’

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुर : कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका शाखा प्रबन्धक र वरिष्ठ सहायकलाई स्रोत

काठमाडौं : नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नोपली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौं : लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ । आयायोगले

मुम्बई : भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लगाउनका लागि राज्यपाल भगतसिंह कोश्यारीले दिल्लीलाई सिफारिस गरेका

यादवराज खनाल, पूर्व एसएसपीकाठमाडौं : धेरैपछि हिजो प्रहरी प्रधान कर्यालय भित्र छिरे, प्रहरी महानिरीक्षक सर्वेन्द्र

काठमाडौं : संघीय संरचनाअनुसार भर्खरै निर्मित प्रदेश सरकारका मन्त्रीहरु छोटो समयमै निकै चर्चामा आइरहेका छन्

काठमाडौं : नेपाल प्रहरीले दुई किलोग्राम चाँदीसहित भुटानी नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी

काठमाडौं : हत्याको अभियोगमा १७ वर्ष अघिदेखि फरार रहेका दुईजना अभियुक्तलाई साँखु प्रहरीले पक्राउ गरेको

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतले हालै सार्वजनिक

काठमाडौं : नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषयमा नेपालमा चर्को विरोध

काठमाडौं : नेपाली सेनाका एक प्राविधिक सेनानी समयमा कार्यालयमा हाजिर नहुँदा कारबाहीमा परेका छन् ।

काभ्रे : बनेपाबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका