महराले स्वीकारेपछि अदालत लगिंदै



काठमाडौं : प्रहरी हिरासतमै रहँदा निवर्तमान सभामुख कृष्णबहादुर महराको उच्च रक्तचाप, सुगर र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार गराइरहेका उनलाई अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं, बबरमहल लगिने भएको छ । प्रहरी परिसर काठमाडौंले महरालाई थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत पेश गरिन लागेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।

महराले आफूलाई जवजस्ती बलात्कार गरेको आरोप लगाएकी रोशनी शाहीले यो बीचमा पटकपटक आफ्ना भनाइहरु बदल्दै आइरहेकी छिन् । यो घटनाबारे अहिले काठमाडौं परिसरले अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेको बताएको छ ।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार प्रारम्भिक बयानमा महराले घटना घटेको दिन आफू रोशनीको कोठामा पुगेको स्वीकारेका छन् । उनले आफू त्यहाँ पुगेपनि सञ्चारमाध्यमबाट बाहिर आएजस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको बयान दिएका छन् । बयान दिँदादिँदै अस्वस्थ भएपछि महरालाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्