गैंडाको आक्रमणमा परी एकजनाको मृत्यु, एक घाइते



नवलपरासी : नवलपरासीपूर्व कावासोतीमा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु हुनाका साथै अर्का एकजना सख्त घाइते भएका छन् । आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

उनको शव सोही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए । कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङ पनि गैँडा आक्रमणमा परी घाइते अवस्थामा भेष्टए पछि हाल उनकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

सामुदायिक वनमा वन पैदावार निकासी खुलाउँदा अपनाउनु पर्ने विशेष सतर्कता नअपनाइँदा यस्ता दुर्घटनाहरु वर्षेनी निम्तने गर्दछन् । वन पैदावार निकाल्न नदिंदा स्थानीय जनताको दैनिक जीविकामा समस्या परिरहेको हुन्छ भने अर्कोतिर बन्य जन्तुको आक्रमणबाट स्थानीय जनतालाई जोगाउन पनि उत्तिकै चुनौती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्