ठगी मुद्धाका फरार दाेषी मोरङबाट पक्राउ 



विराटनगर : ठगी मुद्धामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट पक्राउ गरेको छ । 

 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धानबाट खटिएको प्रहरी टोलीले जहदा ३ का ३६ वर्षीय रामटहल राजवंशीलाई पक्राउ गरेको हो । आफ्नै घरमा लुकेर बसेको अवस्थामा राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

उनी विरुद्ध चलाइएको ठगी मुद्धामा जिल्ला अदालत मोरङले २०७३ साल असार १२ गते दुई महिना कैद र चार लाख ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । 

 

अदालतको फैसला यता राजवंशी फरार थिए । प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएपछि राजवंशीलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए । 

 

प्रतिक्रिया दिनुहोस्