समाजवादी पार्टीको बैठक सम्पन्न



काठमाडौं : समाजवादी पार्टीले भ्रष्टाचार निवारण तथा सुशासन बिभागमा उदयकान्त मिश्रलाई नियुक्त गरेको छ ।

सोमबार बालकुमारी स्थित पार्टी कार्यालमा बसेको पदाधिकारी बैठकले बिभाग प्रमुखमा झालाई नियुक्त गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

यस्तै बैठकले अनुशासन आयोग र लेखा आयोगलाई पुर्णता दिएको छ । यस्तै १४ मंसिरमा हुने उपनिर्वाचनमा पार्टीले सहभागि हुने निर्णय गरेको छ ।

उपनिर्वाचनका लागि उम्मेदवारको आधिकारिता प्रदान गर्ने अधिकार उपमहासचिव अधिकारीलाई दिईएको छ । प्रतिनिधिसभाको उम्मेद्वार पार्टीको सम्बन्धित प्रदेश कमिटीको निर्णयको आधार पार्टी केन्द्रीय कमिटीले अन्तिम टुंगो लगाउने छ ।

यस्तै स्थानीय तहको उम्मेदवारको चयन स्थानीय कमिटीले गर्ने छ । तर स्थानीय कमिटीले उम्मेद्वार चयन गरेर प्रदेश कमिटीमा पठाउने र अन्तिम टुंगो केन्द्रीय कमिटीले नै लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्