नेकपा सचिवालय वैठक बस्दै, मन्त्रीहरु हेरफेर गर्ने विषयमा पनि छलफल हुँदै



काठमाडौ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालायको वैठक केही बेरपछि बालुवाटारमा बस्दैछ । हिजो सोमबार बिहान प्रधानमनत्रीको सरकारी निवास बालुवाटारमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि बस्न लागेको सचिवालय बैठक आवश्यक तयारी नपुग्दा अनौपचारिक ढंगले बस्ने बताईएको छ ।

यो अनौपचारिक वैठकले आगामी कात्तिक २ गते सचिवालय वैठक बोलाउने संभावना रहेको पनि श्रोतले बताएको छ । आजको वैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङको राजकीय भ्रमणको समिक्षा र दुईदेशबीच भएका सम्झौताका विषयमा ब्रिफिङ गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै वैठकमा आसन्न उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ । श्रोतका अनुसार भोली बुधबार काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रमको तयारी सम्बन्धि छलफल पनि सचिवालयमा गरिने भएको छ । त्यस्तै पार्टी एकताका बाँकी काम सभामुख चयन देखि मन्त्रीपरिषद पुर्नगठन सम्बन्धि विषयले अनौपचारिक वैठकमा प्रवेश पाउनेछन् ।
तर यस विषयमा आगामी वैठकमा विस्तृत छलफल गरिने पनि बालुवाटार श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्