हिमालयन बैंकको लाभांश १५.७८ प्रतिशत 



काठमाडौं : हिमालयन बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको  बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र १०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

 

गत आर्थिक वर्षमा हिमालयन बैंकले दुई अर्ब ४७ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । बैंकले प्रस्ताव गरेअनुसार बोनसबापत ४० करोड ५७ लाख २६ हजार ४ सय ५० र नगद लाभांशबापत ८७ करोड ५५ लाख १७ हजार १०६ रुपैयाँ गरी एक अर्ब २८ करोड १२ लाख ४३ हजार ५ सय ५६ रुपैयाँ लाभांशमा खर्च गर्नेछ ।

 

हिमायन बैंकले अघिल्लो वर्ष २५ प्रतिशत बोनस सेयर सोबापत लाग्न करसहितको १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । 

 

प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्