महरालाई अदालत पु-याइयो



काठमाडौं : संसद सचिवालयकी कर्मचारी माथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्ण बहादुर महरालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पु-याइएको छ ।

यसैक्रममा महराको डीएनए परीक्षण हुने भएको छ । घटनाको अनुसन्धानमा खटिएको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको हो ।

प्रहरी हिरासतमै रहँदा निवर्तमान सभामुख कृष्णबहादुर महराको उच्च रक्तचाप, सुगर र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार गराइरहेका उनलाई अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं, बबरमहल लगिएको हो ।

प्रहरी परिसर काठमाडौंले महरालाई थुनामा राखेर थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत पेश गरिएकाे काठमाडौं प्रहरी परिसरले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्