किन छोडे क्रिकेटर पारसले कप्तानी पद ?



काठमाडौं : भारतीय क्रिकेट वोर्डको अध्यक्षमा क्रिकेटका पूर्व कप्तान सौरभ गंगुली नियुक्ति भएकै भोलीपल्ट नेपालका चर्चित क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद त्याग गरेका छन् ।

आज मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय टिमको कप्तान पद छाडेको घोषणा गरेका छन् उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै राजिनामा दिदै कप्तान पद छाडेको घोषणा गरेपछि खेलकुद वृत्तभित्र हलचल पैदा भएको छ । अहिलेसम्म उनले किन कप्तान पद त्याग गरे भन्ने विषय बाहिर आएको छैन ।
दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गरेका छन् ।

नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी-ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।

कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्