जहाज डिले भएको भन्दै काउन्टर एट्याक गर्ने सांसदविरुद्ध पक्राउपुर्जी जारी



धनुषा : हिजो सोमबार जहाज आउन ढिला भएको भन्दै जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोडमा उत्रिएका राष्ट्रिय जनता पार्टी (राजपा) सांसद प्रमोदकुमार साहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

सोमवार बिहान साढे ११ बजे उड्नुपर्ने बुद्ध एयरको विमान २ बजेसम्म पनि नआएको भन्दै आक्रोशित बनेका सांसद साहले विमानस्थलमा तोडफोड गरेका थिए ।
जिल्ला प्रहरी धनुषामा उनीविरुद्ध मुद्दा दर्ता भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला पहरी धनुषाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्