यसरी पक्राउ परे राजपाका सांसद साह



काठमाडौ : सोमबार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद पक्राउ परेका छन् ।

आज मंगलबार उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद प्रमोद शाह पक्राउ परेका हुन । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

नेपाली नागरिक उड्डयन प्राधिकरणको जाहेरीमा जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा जिल्ला अदालत धनुषाले सांसद सहा विरुद्ध पक्राउ पुर्जी जारी गरे लगत्तै उनी पक्राउमा परको हुन । जनकपुर प्रहरीका अनुसार अदालतको अनुमतिपछि जिल्ला प्रहरी कार्याललय धनुषाको अनुरोधमा प्रहरी प्रधान कार्यालयले सांसद साहलाई पक्राउ गरी उपस्थित गराउन ७७ वटै जिल्ला प्रहरी कार्याल र सबै प्रहरी कार्यालयहरुलाई सर्किुलर गरेको थियो । त्यसैअनुरुप पक्राउ गरेको हो ।


उनी राष्ट्रिय जनता पार्टीका सांसद हुन् । उनलाई जनकपुर लगेर मुद्दा चलाउन लागिएको छ । पक्राउ पर्नुअगाडी उनलाई धनुषा जिल्ला प्रहरी कार्यालमा पक्राउपुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्