जनकपुरमा फोरमको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम



जनकपुरधाम ः प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सम्पूर्ण पहिचानवादी शक्तिहरु एक होऔं भन्ने नाराका साथ बुधबार जनकपुरमा दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

नेपाल सरकारका उपप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षण कार्यक्रमको उदघाटन गरे । कार्यक्रममा पार्टी उपाध्यक्ष रेणु यादव, महासचिव रामसहाय यादव, मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रीहरु विजय यादव, शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र यादव, पार्टी उपमहासचिव प्रकाश अधिकारीलगायतको उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्