फेसबुकमा यस्तो लेखे पारसले



काठमाडौ : सन् २००९ देखि राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालेका पारस खड्काले थुप्रे बाधा–व्यवधान, आरोह– अवरोह छिचोल्दै विश्व क्रिकेट रंगमञ्चमा नेपाललाई चिनाएका थिए ।
यिनै पारसले अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको भालिपल्टै राष्ट्रिय क्रिकेट टोलीको कप्तानी पद छाड्ने घोषणा गरेका छन् । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए ।

उनले एसीसी टी २० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।

उनले ३१ मिनेट अगाडी उनकै फेसबुक वालमा लेखेको फेसबुक स्ट्याटस हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्