इनास अवार्डमा नायिकाहरु को भन्दा को कम ? (फोटो फिचर)



काठमाडौं : ‘अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज’ इनासले काठमाडौंमा छैटौं संस्करणको ‘इनास नेपाली फिल्म अवार्ड–२०१९’ आयोजना गरेको छ ।

प्रज्ञा भवन कमलादीमा सोमबार आयोजना गरिएको उक्त अवार्ड समारोहमा २०७५ मा रिलिज भएका विभिन्न ११ विधाका चलचित्रलाई इनास नेपाली फिल्म अवार्ड प्रदान गरियो । जसअन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘प्रसाद’बाट अभिनेता विपिन कार्कीलाई प्रदान गरियो ।

यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘बुलबुल’बाट अभिनेत्री स्वस्तिमा खड्काले प्राप्त गरिन् । चलचित्र बुलबुल यो वर्षको उत्कृष्ट फिल्म घोषणा भयो ।

अवार्डमा नायिकाहरु बोल्ड अवतारमा प्रस्तुत भएका थिए । अवार्डको सेरोफेरोमा देखिएका नायिकाहरुको केही तस्विर यसप्रकार छन् ।

प्रतिक्रिया दिनुहोस्