संचारमन्त्री बाँस्कोटाले आफ्ना निर्वाचन क्षेत्रवासीलाई यसरी जगाए आशाका किरण



काभ्रे : सूचना,संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो निर्वाचन क्षेत्रमा विकासका कार्यक्रमहरुलाई तिव्रता दिएका छन् । जसले गर्दा उनको निर्वाचन क्षेत्रका स्थानीय जनता उत्साहित भएका छन् ।

जिल्लाको राजनीति हुँदै केन्द्रीय राजनीतिमा आफ्ना अलग्गै पहिचान र छाप छोड्न सफल देखिएका काभ्रेका सांसद बाँस्कोटा अहिले जिल्लामा विकासप्रेमी नेताका रुपमा पहिचान बनाएका छन् । समकालीन युवा नेताहरुलाई पछाडी पार्दै सफलताको सिँढी चढिरहेका बाँस्कोटा अहिले केन्द्रीय राजनीतिको केन्द्र भागमै छन् ।

केन्द्रीय राजनीतिसँगै जिल्लाको विकास र जनताका पीरमर्कालाई सम्बोधन गर्दै अगाडी बढिरहेका बाँस्कोटा मन्त्री भएपछि काभ्रेमा विकासको गति तीव्र मात्र होईन विकासको लहर नै छाएको नेकपा काभ्रेका युवा नेता कञ्चन अधिकारी बताउछन् ।

युवा नेता अधिकारीका अनुसार भौगोलिक रुपमा देशको राजधानीको नजिक रहेर पनि काभ्रे जिल्लाले अवसरहरुमा त्यो अनुभुती गर्न सकेको थिएन। काभ्रे जिल्ला राजधानीसँगै जोडिएको जिल्ला भएपनि बत्तीको मुनी अध्यारो जस्तै अवस्थामा थियो ।

बाँस्कोटा जननिर्वाचित भएर आएपछि काभ्रे जिल्लाले विस्तारै विकासको काँचुली फेर्न थालेको हो । अहिले काभ्रेली जनतामा आशा लाग्दो गरी विकासका काम अगाडि बढेका छन। यसको श्रेय स्थानीयवासीले मन्त्री बाँस्कोटालाई दिने गर्छन ।


के पि ओलि नेतृत्वको सरकारमा यस क्षेत्रबाट निर्वाचित सांसद बाँस्कोटाको उपस्थितिले केन्द्र र प्रदेश सरकारको तर्फबाट पाँचखाल नगर केन्द्रित आयोजनाहरु धमाधम अगाडी बढिरहेको छ । नेकपा काभ्रेका युवा नेता अधिकारीका अनुसार यस निर्वाचन क्षेत्रमा भईरहेका विकासका कामहरु यस प्रकार रहेका छन् ः
१. चर्चामा मात्र रहने तर काम हुन नसकिरहेको पाँचखालको विशेष आर्थिक क्षेत्र अहिले बल्ल निर्माण कार्य अगाडि बढेको छ , करिब १६ करोड लगानीको भबन निर्माण हुँदै ।
२. दुई अर्ब लगानीमा पाँचखाल उपत्यका बृहत खानेपानी सुरु।
३.पाँचखालमा ७ मा महिला हरित केन्द्र निर्माण गर्ने सरकारको तयारी ३ करोड सरकारद्वारा बिनियोजन
४ पाँचखाल ७ मा युबा सिर्जनात्मक केन्द्र खोल्ले युबा परिषदको तयारी जग्गा प्राप्ती प्रक्रियामा
५ पाँचखाल उपत्यकाको सिचाइको निर्माण कार्य अगाडि बढाउन प्रदेश सरकारद्वारा १० करोड बिनियोजन
६ पाँचखाल उपत्यकाका बनेपा– रबिवोपी– पाँचखाल सडकको लागि ५ करोड बिनियोजन निर्माण सुरु
७ बनेपा – रबि– मानेगाउ–जैसिथोक सडक निर्माणका लागि १ करोड
८ पाँचखाल – पलान्चोक– कोसिदेखा – तिमाल बेसि सडकको लागि ६ करोड बिनियोजन
९ पाँचखाल – बोहारेदोभान सडक निर्माणकालागि करिब ४ करोड बिनियोजन
१०. तिनपिप्ले – बालुवा– बोहरेदोभान सडकको लागि ६ करोड
११ पाँचखाल चक्रपथ निर्माणको सुरुवात
१२ अरनिको र बि पि लोकमार्ग जोडन को लागि बेला बालुवा सडक र बालुवा –ठकुरीगाउँ – बुच्चाकोट सडकको निरन्तरता
१३ जिल्लाका बिधालय निर्माणका लागि करिब १ अर्ब ८ करोडको परियोजना,त्यसमध्य पाँचखाल नगरका बिधालयमा करिब २२ करोडको परियोजना ।
१ .ज्ञानेश्वोरी माबी,पाँचखाल – ५ करोड
२,सर्बमङगला माबी ,पाँचखाल – ८ करोड
३ आजाद माबी ,पाँचखाल – १ करोड ९३ लाख
४भगवती माबी ,खरेलथोक – ३ करोड ४२ लाख
५ दुग्धेश्वोर माबी ,पाँचखाल – ३ करोड ४४ लाख
१४. सुचना प्रबिधी प्रयोगशालाको लागि पाँचखालका ज्ञानेस्वरी माबी ,भक्रमादेबी,गणेशमा बि,सर्बमंगला,जनता,पलान्चोक भवती मा बि, भगवती मा बि, श्रीराम मा बि,माँहाकाल मा बि आजाद मा बि लगायत एक दर्जन मा बि
१५ पाँचखाल ५ भमरकोट , बालुवा १२ पाँचखाल ८ होक्से,पाँचखाल ७ ,लगाएत खानेपानी आयोजना
१६ पाँचखाल २ सिचाइ कुलोका लागि सरकारद्वारा ३ करोड
१७ दुग्धेस्वर मन्दिर गुरुयोजना निर्माण हुँदै
१८ पलान्चोक मन्दिर पुनर्निर्माण र गुरुयोजना निर्माण कार्य

प्रतिक्रिया दिनुहोस्