नेपाल पुलिस क्लब र ब्रिगेड ब्याइज बराबरीमा



काठमाडौं : पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबको खेल १-१ को बराबरीमा सकिएको छ ।

 

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा ब्रिगेड ब्वाइजले रितीस खड्काको गोलमा ५ औं मिनेटमा नै अग्रता बनाएको थियो । त्यसपछि पुलिसले खेलमा फर्कन निकै प्रयास गरे पनि सफल भएन ।

 

पहिलो हाफमा एक गोलले पछि परेको पुलिसले ७५ औं मिनेटमा खेल बराबरी बनायो । पुलिसका लागि अभिशेख रिजालले गोल गरेका हुन् ।

 

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र पुलिसले बराबरीमा चित्त बुझायो । यो बराबरीसँगै पुलिसको १५ अंक भएको छ भने ब्रिगेड ब्याइजको ५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्