अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता


पोखरा : पोखरामा यही असोज २९ गते (अक्टोबर १६) मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन (केएमइए) को संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले बताए।

टिम इभेन्टमा नेपालका तीन विभागीय टोली तथा काठमाडौँ, सुदूरपश्चिम र पोखरासहित २५ टोली र तथा चीनबाट दुई टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि चीनका दुई टोली तथा नेपालका टोली पोखरा आइपुगेको र व्यवस्थापकीय, सुरक्षालगायत सम्पूर्ण तयारी सकिएको उनले बताए।

व्यक्तिगत प्रतिष्पर्धामा भने चीनका ३० धावकको सहभागिता रहने छ भने टिम इभेन्टका लागि प्रत्येक टोलीमा तीन खेलाडी रहनेछन् । एकसय पाँच खेलाडीको सहभागिता रहने सो प्रतियोगिताका लागि पोखरा महानगरपालिका र चीनको कुन्मिङ महानगरपालिकाले संरक्षकत्व प्रदान गरेका छन् भने विभिन्न सङ्घसंस्थाले सहकार्य गरेका छन् ।

दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट बिहान ९ बजे शुरू हुनेछ । दौडको दूरी २२ किमी, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको प्रतियोगिताका प्राविधिक संयोजक यामबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार व्यक्तिगत प्रतिष्पर्धामा भने ४० किमीको दौडमात्र रहेको र दौडका क्रममा धावकहरु एक हजार ३०० मिटर उचाइको मट्टिखान तथा पुम्दीभुम्दीसम्म पुग्नेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले ट्रफी र मेडल पाउनाका साथै चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् । कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्वका साथ प्रचारप्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै नेपाल भ्रमणको क्रममा यहाँको पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेको सन्दर्भमा दौडले अझ ठूलो महत्व राख्ने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले बताए।

नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन प्रतियोगिताले मद्दत पु¥याउने र पर्यटकको बसाइँ लम्ब्याउन सहयोगी हुने उहाँको भनाइ थियो । प्रतियोगिता सम्पन्न गर्न रु ३४ लाख ६० हजार खर्च लाग्ने अनुमान आयोजकको छ ।– रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका