कर्मचारी समायोजन अध्यादेशको विरोधमा कालोपट्टी



कपिलबस्तु : सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ प्रति विरोध जनाउदै विभिन्न स्थानीय तहहरुमा कालोपट्टी बाँधेर कामकाज ठप्प पारिएको छ ।

मंसिर २८ गतेदेखि नै चलिरहेको देशव्यापी आन्दोलनमा बुधबार पाँचौं दिन कपिलबस्तुको स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकहरुले ग्रेड थप तथा स्तरवृद्धिका लागि आन्दोलित छन् । 

बिहान १० बजेदेखि कालोपट्टी बाँधेर दुई बजेसम्म सम्पूर्ण स्थानीय निकायको कामकाज ठप्प पारिएको कृष्णनगर ईकाइ समितिका संयोजक साकिर अहमद साहले बताए ।

साहका अनुसार बिहीबार पनि विरोध स्वरुप पेन डाउन गरिनेछ । 

संघर्षरत कर्मचारीहरुको ईकाई समितिले सर्वोच्च अदालतको २०७४ पुस २१ गतेको फैसला आदेशको कार्यान्वयनको व्यवस्था गर्नुका साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८७ बमोजिम साविक स्थानीय निकायका कर्मचारीको स्थायित्व एवं सेवा निरन्तरताको व्यवस्था सोही अध्यादेशमा गर्नेजस्ता माग अघि सारेका छन् ।

 समितिले सारेको माग पूरा नभए पुस ११ गतेदेखि थप कडा अन्दोलन गर्ने निर्णय गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्