एडिभिजन लिग : थ्रीस्टारको उपाधी यात्रामा धक्का, आर्मीसँग बराबरी



काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको दोस्रो खेलमा थ्रीस्टार क्लब र त्रिभुवन आर्मीले बराबरी खेलेका छन् । यो बराबरीले उपाधि दौडमा रहेको थ्रीस्टारलाई ठुलो धक्का लागेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा थ्रिस्टारले अग्रता बनाएको थियो । 

७० औँ मिनेटमा थ्रीस्टारका नीराजन खड्काले मार्टिन्सको पासमा गोल गरे । तर यो अग्रता थ्रीस्टारले जोगाउन सकेन । 

आर्मीले खेलको अन्तिम समयमा गोल गर्दै बराबरी गर्‍यो । उसका लागि प्रिन्स कार्कीले गोल गरे । बराबरीपछि थ्रिस्टार २२ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ भने आर्मीको १८ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्