यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं : नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहने विभागको अनुमान छ ।

असोज २९ गते (बुधबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि पहाडी भुभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

असोज ३० गते (बिहिबार)

कार्तिक ०१ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही अपरान्ह पछि पहाडी भुभागका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

महाशाखाले अबको केही दिन बिहानीको समयमा हुस्सु र कुहिरोका कारण हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्