पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि



काठमाडौं : पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । 

गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले जानकारी दिइन् । “साधारण नागरिकका रूपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, श्रीमती गिरीले भनिन् ।  

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनिलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुगेका थिए ।  

गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो । 

मङ्गलबार बिहान ९३ वर्षको उमेरमा गिरीको निधन भएको थियो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्