एयरपोर्टमा एनआरएनका नेताहरुको वितण्डा



काठमाडौं : एनआरएनएको विश्व सम्मेलनमा भाग लिन नेपाल आइपगेका नेपाली मूलका केही अष्ट्रेलियाई प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन डेस्क तोडफोड गर्दै त्यहाँ कार्यरत कर्मचारीमाथि अपशब्द प्रयोग गरेपछि दुई जनालाई आर्थिक जरिवाना र अन्य तीन जनालाई सजग बनाउन लिखित कागज गराएर छोडिएको छ ।

तोडफोडमा संलग्न एकजनालाई ५० हजार रुपैयाँ र उक्त कार्य गर्न सहयोग पुर्याउने अर्का एकजनालाई २५ हजार आर्थिक जरिवाना गराइएको अध्यागमन विभागले जनाएको छ । उक्त कार्य गर्न उक्साउने बाँकी तीन जनालाई कागज गराएर छोडिएको छ ।

मंगलवार र बुधवार दुईदिने अन्तर्राष्ट्रिय विश्व सम्मेलनमा भागलिनका लागि आइतवार नै क्याथी ड्रयागन एअरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ती प्रतिनिधिहरुले विमानस्थलमा कार्यरत कर्मचारीमाथि अपशब्द बोल्दै अभद्र व्यवहार गरेको अध्यागमन कार्यलयले जनाएको छ । विमानस्थलमा गैरआवासीय नेपालीका लागि छुट्टै अध्यागमन डेस्कको व्यवस्था गरिदै आएको छ ।

दुव्र्यवहारमा परेका अध्यागमन डेस्कका कर्मचारीहरुका अनुसार नेपाली मूलका अष्ट्रेलियाइ नागरिकहरुले गरेको व्यवहारले उनीहरुमा नेपाली र नेपाली कर्मचारीलाई तल्लो दर्जाको नागरिक ठान्ने भावनाको विकास भएको महसुस गराएको छ । आइन्दा यसो नगर्न भन्दै अध्यागमन डेस्कद्वारा विज्ञप्तिसहित सार्वजनिक अपिल पनि गरिएको छ ।

दुव्र्यवहार गर्ने नेपाली मूलका अस्ट्रेलियाली नागरिकहरुमा रमेशकुमार थापासहित पाँच जना रहेको विवरण खुल्न आएको छ । एनआरएनएले यसबारेमा आफूहरुलाई कुनै पनि जानकारी

नआएको बताए पनि कानुन बाहिरका काम वा गतिविधि गर्नेहरुलाई संगठनको साथ नरहेको जनाएको छ ।

आज बुधवार एनआरएनएको नयाँ नेतृत्व चयनका लागि होटल ह्यातमा बन्दसत्र चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्