पारसले कप्तानी छोड्नुको यस्तो रैछ रहस्य, ज्ञानेन्द्रलाई कप्तान बनाउन आग्रह



काठमाडौ : नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन्द्र मल्ललाई अघि सारेका छन् । भावी कप्तानको बारेमा सोधिएको प्रश्नमा खड्काले केही बर्ष मल्लले कप्तानी सम्हाल्नु पर्ने बताए ।

टोलीको सबै भन्दा सिनियर खेलाडी भएकोले उनले मल्लले केहि बर्ष लिड गर्नु पर्ने खड्काको भनाई छ । त्यसोत उनले दीपेन्द्र सिहं ऐरीले उप कप्तानको जिम्मेवारी सम्हाली सकेकोले उनी पनि कप्तानको दाबेदार हुन् सक्ने तर्फ संकेत गरेका छन् । आफुले राजिनामा दिएको विषयमा पहिल्यै देखि सोची रहेको र सरसल्लाह गरेको उनले प्रष्ट पारेका छन् । तर निर्णय भने आफ्नो व्यक्तिगत रहेको उनले प्रष्ट पारे ।यद्यपि कप्तानीको निर्णय टिम म्यानेजमेन्टमा रहने उनले प्रष्ट पारे।

राजिनामापछि प्रतिक्रिया दिदै खड्काले आफुले निलम्बन फुकुवाको समय पर्खिरहेको र फुकुवा हुनासाथ राजिनामा दिने सोच पहिल्यै नै बनाएको बताएका हुन् । उनले क्यानको निलम्बन फुकुवा भएसंगै अब नयाँ तरिकाबाट अगाडी बढ्नु पर्ने र सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने बताए । उनले भने फिल्डमा जित वा हारको समयमा राजिनामा दिने भन्दा पनि निलम्बन फुकुवाको क्षण कुरिरहेको थिए ।

उनले भविष्यमा कप्तानको लागि अफर आएपनि आफु कप्तान नबन्ने र खेलाडीको रुपमा अर्को निर्णय नगरेसम्म खेली रहने बताए । २००९ देखि लगातार १० बर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका उनले सबै भन्दा ठुलो क्षण एक दिवसीय मान्यता पाउनु रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्