भक्तपुर प्रदेशसभा निर्वाचनका लागि यस्ता छन् उम्मेदवारहरुको चर्चा



भक्तपुर : देशैभर आउदो मंसिर १४ गते दो्रोतहको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने भएपछि देशैभर चुनावी र्सगर्मी ह्वात्तै बढेको छ । यता रिक्त रहेको भक्त पुरमा पनि चुनाव र्सगर्मीले छोएको हो । भक्तपुर–१ (क) बाट प्रदेश सभामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित हरिशरण लामिछानेको हृदयघातका कारण मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदछ ।

यस क्षेत्रमा कसलाई उठाउने भन्ने कुराको टुङ्तो नलागो पनि चुनावी माहौलले छपक्कै छोपेको छ ।उपनिर्वाचनका लागि पार्टीहरूले निर्वाचनमा उठाउने उम्मेदवारको आधिकारिक घोषणा गरेका छैनन् । तर, उपनिर्वाचनकेन्द्रित गतिविधि भने सुरु भइसकेका छन् उपनिर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुरमा चहलपहल सुरु भएको छ । निर्वाचनको मिति घोषणा भएपछि दलहरूभित्र आकांक्षी उम्मेदवारहरूको रस्साकस्सी सुरु भएको छ । दलहरूले सक्रियता बढाएका छन् ।

को–को छन् आकांक्षी ?

भक्तपुर–१ (क) को उपनिर्वाचनमा नेकपा, कांग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश सभाका लागि नेकपाबाट दर्जनौँ नेताले आकांक्षा देखाएका छन् । मोहनवीर श्रेष्ठ, देवीप्रसाद ढकाल, रामबहादुर श्रेष्ठ, शम्भु दाहाल, दामोदर दंगाल र रमेश बुढाथोकीको नाम चर्चामा छ । नेकपाभित्र स्व. लामिछानेकी श्रीमतीलाई नै उम्मेदवार बनाउने भन्ने विषयले पनि चर्चा पाएको छ । लामिछानेकी श्रीमतीलाई उठाए सेन्टिमेन्ट भोटबाट जित्न सकिने कतिपय नेताको तर्क छ ।

यसअघि झिनो मतान्तरले पराजित भएको कांग्रेस उपनिर्वाचनमा बलियो उम्मेदवार प्रस्तुत गर्ने तयारीमा छ । तर, कांग्रेसबाट पनि आकांक्षी धेरै भएकाले सर्वसम्मत उम्मेदवार तय गर्न कठिन हुने नेताहरू बताउँछन् । कांग्रेसबाट गत निर्वाचनमा पराजित जीवन खत्रीसहित कृष्णलाल भडेल, यादव अधिकारी र विनोदप्रकाश कायस्थले दाबी गरेका छन् ।

नेमकिपाभित्र पनि उपनिर्वाचनको उम्मेदवारका विषयमा चर्चा सुरु भएको छ । प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर– १ वर्षौँदेखि नेमकिपाको पकडमा छ । तर, प्रदेश निर्वाचन क्षेत्र (क) मा भने नेमकिपा खुम्चिँदै गएको देखिन्छ ।

पकड बढाउन र भएको उपस्थिति बचाउन नेमकिपाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रेम सुवालले सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विकासको सबै बजेट यही निर्वाचन क्षेत्रमा खर्च गर्दै आएका छन् । हालै राष्ट्रिय महाधिवेशन गरेको नेमकिपाभित्र को उम्मेदवार बन्ने भन्ने विषयमा छलफल सुरु भए पनि अहिलेसम्म कोही खुलेका छैनन् । यसअघि निरज लवजु पराजित भएका थिए ।

यस निर्वाचन क्षेत्रमा यसअघि ४३ हजार पाँच सय ३२ मतदाता रहेकामा अब कुल मतदाता संख्या ४५ हजार ३६ पुगेको छ । अघिल्लो निर्वाचनमा नेकपाका हरिशरण लामिछाने १२ हजार सात सय ७९ मतसहित निर्वाचित भएका थिए । कांग्रेसका जीवन खत्रीले नौ हजार नौ सय ७७, नेमकिपाका निरज लवजुले सात हजार ११ मत र नेकपा माओवादी केन्द्रका देवीप्रसाद ढकालले सात सय ८४ मत पाएका थिए । विवेकशीलका कालीचरण कार्कीले सात सय ८३, राप्रपाका मुकुन्द कार्कीले चार सय ८५ र नयाँ शक्तिका सानुप्रसाद बनले ७८ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्