मन्त्रीमण्डल हेरफेर गर्ने एजेण्डामा बालुवाटारमा छलफल



काठमाडौं : पार्टी एकताको बाँकी काम, सरकारको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, रिक्त सभामुख पदका विषयमा समेत छलफल हुने जनाइएको छ ।

नेकपाले आजै दिउँसो विभिन्न चाडपर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

गत सोमबार बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो। त्यसपछि हिजो मंगलबार साँझ सचिवालयको बैठक बसेको थियो।

झण्डै दुई घण्टा बसेको मंगलबारको बैठकले आज बुधबारको बैठकका एजेण्डा तय गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समीक्षा पनि गरेको थियो।

बैठकले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने नयाँ मन्त्री चयनको विषयमा निर्णय गर्ने नेकपा स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्