मेक्सिकोमा सुरक्षाकर्मीमाथि भएको हमलामा पन्ध्रको मृत्यु



एजेन्सी : दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन् । मङ्गलबार अपरान्ह ५ बजे सो घटना भएको बताइएको छ ।

उक्त गोली काण्ड भएपछि यहाँको प्रहरीलाई आकस्मिक फोन आएको प्रहरी अधिकारीले जनाएका छन् । उक्त गुुरेरो राज्यको सुरक्षा निकायका प्रवक्ता रोबेटो अलभेरेज हरेदियाले सो कुराको जानकारी दिएका छन । तर यहाँका सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन् । उनले उक्त राज्यमा सुरक्षागस्तीमा खटेका सुरक्षाकर्मीहरुमाथि सशस्त्र समूहका सदस्यहरुले गोली आक्रमण गरेका थिए ।

उक्त राज्यको पश्चिमी नगर आउगनियामा केही दिन मात्र अघि भएको हमलामा कम्तीमा पनि १३ जना प्रहरी अधिकृतको हत्या गरेको केही दिनपछि मङ्गलबार अपरान्ह फेरि यो अर्काे घटना भएको बताइएको छ । गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरु हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो ।

यहाँ कम्तीमा पनि २० ओटा सशस्त्र समूहहरुले यस्तो हिंसात्मक हमला गर्ने गरेका बताइन्छ । उक्त राज्यमा लागूऔषधका कारोबारीहरु अरु राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । सोही कारण उक्त राज्यमा सुरक्षाकर्मीहरुमाथि हमला हुने यस्ता हिंसात्मक घटनाहरु प्रायः हुने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्