विराटनगरमा अन्तर्राष्ट्रिय वर्डप्रेस सम्मेलन हुने



विराटनगर : विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको वर्डप्रेस सम्मेलन हुने भएको छ । आगामी पुस ७ गते हुने सम्मेलनमा स्वदेश र विदेशका गरी करिब ४ सयजना सहभागी हुने आयोजक समितिका संयोजक गंगा काफ्लेले जानकारी दिए । 

 

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आयोजक समितिले वर्ड क्याम्प अन्तर्राष्ट्रिय कार्यक्रम भएको जनायाे । विराटनगरमा पहिलोपटक हुने यस कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने काफ्ले बताए । 

 

एक दर्जनभन्दा बढी देशबाट आउने विज्ञले वर्डप्रेससम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने आयोजक समितिका पर्वतराज झाले बताए ।  वर्ड क्याम्पको अवसर पारेर सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाको वेबसाइट निःशुल्क रुपमा बनाएर हस्तान्तरण गरिने उनले बताए । उनका अनुसार क्याम्पको आकर्षणका रुपमा आईटी क्वीज, अनलाइन गेमसमेत रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्