अधिकांश स्थानीय तहमा कर्मचारी समायोजन सकियो



काठमाडौं : कर्मचारी समायोजन अध्यादेश–२०७५ जारी भएपछि पहिलो चरणमा अधिकांश स्थानीय तहमा कर्मचारीको समायोजन सकिएको छ । 

स्थानीय तहमा कार्यरत स्थायी कर्मचारीको समायोजन अन्तिम चरणमा पुगेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिइन् । अध्यादेशअनुसार तत्कालीन स्थानीय निकायमा स्थायी भएका कर्मचारी सोही स्थानीय तहमा नै समायोजन भएको उनले बताइन् । 

 

स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई सोही तहका प्रमुख प्रशासकीय अधिकृतले समायोजनको पत्र दिएका छन् । उपसचिव निरौलाले केही कर्मचारीको प्राविधिक समस्या आएकाले चाँडै समायोजन सकिने पनि बताइन् । 

उनका अनुसार मन्त्रालयले स्थानीय तहमा समायोजन भएका कर्मचारीको विवरण सङ्कलन गरिरहेको छ । मन्त्रालयले अब सङ्घका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्ने प्रकृया अघि बढाउनेछ । 

प्रतिक्रिया दिनुहोस्