नेकपाको चियापानमा प्रधानमन्त्री ओलीको गर्जन



काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको विकास निर्माणको काम धनाड्य वर्गका व्यक्तिहरुले नदेखेको बताएका छन् ।

दशै, तिहार र छठ पर्वको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टीले आज बुधबार काठमाडौको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले गरिब र मध्यम वर्गले सरकारले गरेको कामको प्रसंसा गरेको बताएका छन् ।

गरिब र मध्यम वर्गका मानिसहरुको जीवनस्तर माथि रहेको तर केही धनाड्य माथिल्लो स्तरकाहरुले सरकारको आलोचना गरेको आरोप लगाएका छन् । सरकारले समृद्धि नेपालको निर्माणको अभियान सुरु गरेसँगै नेपालमा गरिबी निवारण हुँदै गएको दाबी गरे ।

वर्तमान सरकारले अलपत्र छोडेको ठूला आयोजनाहरु सम्पन्न गरेर विकासको क्रममा मुलुकले फड्को मारेको बताए । यस्तै नेकपाका अर्का अध्यक्ष प्रचण्डले चियापान नेकपाको मात्र नभई सबै नेपालीको रहेको बताएका छन् । उनले अहिलेको उपलब्धि हासिल गर्नको लागि हजारौ नेपालीले सहादत प्राप्त गरेको हुनाले यो नेकपाको र कुनै पार्टी विशेषको नभई सबैको साझा कार्यक्रम भएको बताएका हुन ।

चियापान कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, सचिवालय सदस्यहरु, पार्टीका भातृसंस्थाका नेता तथा कार्यकर्ताहरु, शुभचिन्तकहरु, बिभिन्न राजनीतिक दलका नेता, कुटनीति नियोगका पदाधिकारीहरु, सुरक्षाकर्मीहरु, पत्रकारलगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको छ । हुर्नेुहोस चियापान कार्यक्रम स्थलका तस्वीरहरु :

प्रतिक्रिया दिनुहोस्