नुवाकोटमा बसले किचेर बालकको मृत्यु, झडप भएपछि प्रहरी परिचालन



नुवाकोट : नुवाकोटको बट्टारस्थित संजीवनी हस्पिटलअगाडी बसले ठककर दिदा एक बालकको घटनास्थलमै मृत्यु हुन पु्गेको छ। त्रिशुलीबाट काठमाडौ गईरहेको केरुङयातायात को बा ४ ख ७५०४ नम्बरको बसले तार्केश्वर गाउपालिका ५ भञ्ज्याङथोकका ७ बर्षीय बालकलाई आज बुधबार दिउसो ठककर दिएर बालकको मृत्यु भएपछि बट्टार बजार तनावग्रस्त बनेको छ ।

स्थानीयले बस तोडफोड गरेपछि स्थिितिलाई नियन्त्रणमा ल्याउन प्रहरी परिचालन गरिएको छ । मृतक बालक निल सरस्वती आधारभूत विद्यालय कक्षा १ का छात्र हुन्।

झडप हुँदा प्रहरीले लाठीचार्ज र तीन राउण्डभन्दा बढी अश्रृग्या‌स प्रहार गरेको छ भने झडपमा एक प्रहरीसहित ११ जना घाइते भएको प्रहरी निरीक्षक विष्णु फुयालले जानकारी दिए।

तिव्र गतिमा आएको बसले ठक्कर दिदा बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

मृतकका बुवाका अनुसार हात समातेर बजार हिँडिरहेका बेला बसले पछाडीबाट किचेको थियो। आक्रोशित स्थानीयबासीले चालक विदुर नगरपालिका ७ तुप्चेका राउद तामाङलाई कुटपिट समेत गरेका छन्। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्