मृगौला काण्डमा निदान अस्पतालका सिईओ सहित ५ जना पक्राउ,ठूलै गिरोह संलग्न प्रहरीको आशंका




काठमाडौ : नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोले ललितपुरको कुपोण्डोलस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान सहित ५ जनालाई आज बुधबार पक्राउ गरेको छ ।

मृगौला बिक्री गरेको अभियोगमा निदान अस्पतालका सिईओ प्रधानसहित अस्पतालका कानुनी सल्लाहाकार कुमुद कुमार भट्टराई ,अस्पतालका चिकित्सक डा. राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले पक्राउ परेका छन् ।


प्रहरीले अवैद्य ढंगले एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकी किनबेच तथा प्रत्यारोपण गरेगराएको आरोपमा उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुसँग थप अनुसन्धान गरिहरहेको व्युरोले जनाएको छ । यो घटनाको अनुसन्धान गरिरहेको व्युरोले मृगौला बिक्री गर्ने ठूलो गिरोह संलग्न हुनसक्ने आशंका गर्दै सुक्ष्म अनुसन्धान भईरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्