घरमा लुकाएको चरेस बरामद



कपिलबस्तु : कपिलबस्तुको कृष्णनगर नगरपालिका–१० खैरा गाउँबाट करिब ७ किलो ५०० ग्राम चरेस बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक नबिन पौडेलको कमान्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा खैरा गाउँमा बस्ने रफीक अमिन खाँको घरमा खान तलासी गर्दा घरको लुकाएर राखेको अवस्थामा बरामद गरेको हो ।

घर धनीलगायत अन्य सदस्य फरार रहेको अवस्थामा स्थानीय र जनप्रतिनिधिको सहयाेगमा मुचुल्का गरेर थप अनुसन्धान भइरहेको गणेशपुर प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्