जुवा खालबाट ३ जना पक्राउ



सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले ईटहरी उपमहानगरपालिका वडा नं. १२ स्थितमा रहेको नेविलाल सरदारको घरमा तास खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट तासका साथै नगद रु , ३७, ६७० समेत बरामद गरेको र उनीहरुलाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयबाट दिन १० को म्याद थप भई अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका सूचना अधिकृत प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा ईटहरी १२का शिब कार्की, तुलसी पाण्डे र मदन सरदार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्