सभामुख वा उपभामुखमध्ये एक काङ्ग्रेसलाई चाहिन्छ : नेता पौडेल



काठमाडौं : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताए।

उनले भने, “यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौँ, सदन र सडकमा विरोध गर्छौं, सदनमा रहेका काङ्ग्रेस सांसदहरुले पनि लाछीपन देखाउनु हुँदैन ।” एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सो पद रिक्त छ । – रासस

प्रतिक्रिया दिनुहोस्