मिचियो मैतीदेवी मन्दिरको जग्गा


एजेन्सी : ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मैतीदेवी मन्दिरको करीब एक रोपनी जग्गा वरिपरिबाट मिचिएको छ । पशुपतिनाथ मन्दिर जत्तिकै पुरानो ऐतिहासिक महत्व बोकेको मन्दिर क्षेत्र वरिपरिबाट मिचिएर खुला स्थान साँघुरिँदै जान थालेको स्थानीयवासीको गुनासो छ ।

मन्दिर क्षेत्रमा रहेको १४ रोपनी जग्गामध्ये विसं २०५७ मा तीन रोपनी जग्गा नर्सरीलाई दिइएको छ । वडा कार्यालयले नर्सरी सञ्चालन गर्न जग्गा दिएपछि मन्दिर क्षेत्र अस्तव्यस्त बनेको दर्शनार्थी रामसुन्दर बजगाईंले गुनासो गरे । मन्दिरको जग्गाबाट नर्सरी हटाउन पहल भइरहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि नहुँदा शहरी विकास तथा भवन निर्माण विभागले तोकेको कर्मचारी संयन्त्रले मन्दिर सञ्चालन गर्ने गरेको थियो । हाल काठमाडौँ महानगरपालिका वडा नं ३० का अध्यक्षको अध्यक्षतामा मन्दिर क्षेत्र प्रबन्ध समिति बनेको छ । समितिले मन्दिर क्षेत्रलाई सुन्दर एवं आकर्षक बनाउन विभिन्न कार्यक्रम बनाउन लागेको अध्यक्ष दलबहादुर कार्कीले सुनाए ।

बाक्लो बस्तीका बीचमा रहेको धार्मिक आस्थाको केन्द्रलाई व्यवस्थित बनाई आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने वडाको योजना छ । मन्दिर व्यवस्थित बनाउन सञ्चालन निर्देशिका मस्यौदा गरी काठमाडौँ महानगरपालिका कार्यपालिकामा पेश गरिएको समिति सदस्य विश्वराज रेग्मीले बताए ।

नगर कार्यपालिकाले निर्देशिका पारित गरेपछि नर्सरीलाई हटाई मन्दिर क्षेत्र थप आकर्षक र व्यवस्थित गर्न लागिएको हो । मैतीदेवी मन्दिरअघिको धर्मशाला चार वर्षअघिको भूकम्पले भत्किएपछि अझै पुनःनिर्माण हुन सकेको छैन । पशुपतिनाथमा गाईले दूध चढाएपछि खनेर हेर्दा ठूलो ढुङ्गा भेटिएको थियो । ढुङ्गालाई बञ्चरोले हान्दा तीन टुक्रा भयो ।

एक टुक्रा हालको पशुपतिनाथ मन्दिरमै रहेको छ । अर्को टुक्रा ज्ञानेश्वरको महादेव मन्दिरमा छ । तेस्रो टुक्रामा मैतीदेवी मन्दिर बनेको किंवदन्ती प्रचलित छ । पशुपतिनाथ मन्दिरको तुलनामा मैतीदेवी ज्ञानेश्वरको महादेव मन्दिर ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले

गुल्मी : विभिन्न कार्यक्रममा आफ्नो गृहजिल्ला गुल्मी आईपुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निर्माणाधीन रेसुङ्गा विमानस्थलको

दाङ : यही मंसिर १४ गते दाङ निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) का

वीरगन्ज : विश्व प्रसिद्ध बाराको गढीमाई मेला आज (आइतवार) देखि शुरु भएको छ । प्रत्येक

चितवन : नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत नेपाली सेनाका जवानको प्रूहरी नियन्त्रणमा रहेका बेला

मकवानपुर : मकवानपुरको भीमफेदी कारागार प्रशासनका अनुसारएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका ३० वर्षका